गठबन्धनको सहयोगमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा, "स्वतन्त्र" नामको धज्जी, तपाइको प्रतिक्रिया के छ?

 काठमाण्डाै - नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।




रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले आफूले नेपालको बाम आन्दोलनलाई नयाँ उचाईमा उठाउनको लागि पनि उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफूलाई सत्ता गठबन्धनका दलको समर्थन रहने पनि बताउनुभएको छ ।  


उहाँले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकाले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गर्नुभयो । सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको छ । माओवादीले घनश्याम भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने बताइसकेको छ ।

Comments

Popular posts from this blog

पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट! नेपाल सरकारले पेट्रोलियम पदार्थको आयात मा कति प्रतिशत भन्सार महसुल र पुर्वाधार विकास कर लगाउछ?

कोपिला!