देउवाको उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी, भोलिसम्म निर्णय गरिने

 काठमाडौं। मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक फरक भएको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।



डडेलधुराबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका देउवाको नागरिकताको जन्ममिति ३१ जेठ २००३ र मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ उल्लेख भएको भन्दै उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी परेको हो ।


बिपी कांग्रेसबाट देउवाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरक रहेकोले उम्मेदवारी खारेजीको माग गरेका छन् ।


डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरेका छन् । उनले आयोगमा परेको उजुरीको सत्यतथ्य छानविन गरेर आवश्यक कारबाही गरिने बताएका छन् ।


उक्त उजुरी भोलिसम्म निर्णय हुने पनि मुख्य निर्वाचन अधिकृत वाग्लेले बताएका छन् । उनका अनुसार उजुरीमाथि छानबिन गर्ने समय भोलिसम्म छ र भोलिसम्म सत्य तत्थ छानविन हुन्छ ।

Comments

Popular posts from this blog

पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट! नेपाल सरकारले पेट्रोलियम पदार्थको आयात मा कति प्रतिशत भन्सार महसुल र पुर्वाधार विकास कर लगाउछ?

कोपिला!