Posts

प्रचण्ड जि प्रधानमन्त्री बन्दिनुस् भनेर केपी जी ले नै बालकोट बोलाउनु भयो -प्रचंड

Image
 प्रचण्ड जि प्रधानमन्त्री बन्दिनुस् भनेर केपी जी ले नै बालकोट बोलाउनु भयो -प्रचंड।(पुरा भिडियो)

नेपालको उत्साह पुर्ण जित।

Image
कीर्तिपुरको टियु मैदानमा हल्का हल्का पानीको छिटा पर्दै थियो, खेल चलिरहेको थियो। ४४ औं ओभरको खेल सकिएको थियो। ४५ औं ओभर कस्ले गर्ने भनेर युएईका खेलाडीहरू सल्लाह गर्दै थिए,त्यही बीचमा दुई एम्पाएर केही सल्लाह गरे अनि फर्किएर दुबैतिरका स्टम्प माथिको बेल झारिदिए। बाहिर रहेका खेलाडीहरू दौडिँदै मैदानभित्र प्रवेश गरे। टियु मैदान जुरूक्कै उठ्यो,पन्चेबाजा घन्कियो र नेपालले ऐतिहासिक जित हासिल गर्‍यो। We are on YouTube चैत २ गते नेपाली क्रिकेट इतिहासको एक महत्वपूर्ण दिन थियो। बिहान ७ नबज्दै टियु मैदान वरिपरि चहलपहल सुरू भएको थियो। चहलपहल यस्तो थियो कि लाग्दै थियो हामी विश्वकप खेल्दै थियौं।  वर्ल्ड क्रिकेट लिग दुईको अन्तिम खेल थियो। अन्तिम खेल नेपालको लागि फाइनल जस्तै थियो। युएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलको लागि जिम्बावेको टिकट काट्ने लक्ष्यमा थियो। त्यसैले पनि उत्साह धेरै थियो। दर्शकहरूले टियु मैदान खचाखच भरिएको थियो,त्यति मात्र नभएर मैदान बाहिरबाट पनि हजारौं समर्थकहरूले खेल हेरिरहेका थिए। मैदान बाहिरका रूखहरू पनि दर्शकले नै भरिएका थिए। युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिए

‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’मा नेपाल र भारतका साहित्यकारहरू

Image
 २९ आश्विन २०७९, शनिबार काठमाडाैँ । राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गर्नुभयो । “भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ”,उपकुलपति गुरुङले बताउनुभयो । महोत्सवमा सहभागी हुन भारतबाट आउनुभएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजारशक्ति, धर्मशक्ति आदिले साहित्य संस्कृतिमा पु¥याइरहेको क्षतिको चर्चा गर्नुभयो । “ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन श्रष्टालाई अनुरोध छ”, कवि

गोहिको आशु, प्रचंड, गोरखा जनताले मुल्यांकन कसरी गर्लान्!!

Image
  गोरखा । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा गएर रोएका छन् । गोहिका आशु, प्रचंड, गोरखा।। चितवनमा चुनाव हार्ने भएसँगै गोर्खा २ मा उम्मेदवारी दिएका प्रचण्ड आज आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम डाँको छोडेर रोएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले आफूमा विचलन आएको स्वीकारे । चीनमा माओत्सेतुङ चिङ्कासाङ फर्किएको उदाहरण दिँदै आफू गोर्खामा सुध्रिन आएको र मौका दिन आएको भन्दै डाँको छोडेर रोएका हुन् । प्रचण्डले गोरखा जाने भनेपछि दुई–चार दिन त आतंक भएकाे सुनाए । २२ वर्ष अघि आफू गोरखामा आएर युद्धको योजना निर्माण गरेको र ४० वर्षपछि फेरी गोरखा नै आउनुपरेको दाहालले बताए । प्रचण्डले यसअघि पनि पटक पटक कार्यक्रमहरूमा रुने गरेका थिए । तर गोरखाका जनताको फरक मत छ, उनिहरुले भनेका छन् कि छोरा मृत्युवरण गर्दा न निस्केका आशु गोहिको आशु हुनसक्ने भनेका छन्। यस पटकको रुवाइ प्रचण्डको हारको मानसिकता भएको प्रत्यक्षदर्शी एक कार्यकर्ताले बताए । ‘आजसम्म प्रचण्ड यति निराश भएका आजसम्म हामीले देखेका थिएनौँ,सायद प्रचण्डले बुझिसके यस पटक जितिन्न ।’ ​​​​​​​ ​​​​​​​उता प्रचण्ड विरुद्

देउवाको उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी, भोलिसम्म निर्णय गरिने

Image
  काठमाडौं । मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक फरक भएको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । डडेलधुराबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका देउवाको नागरिकताको जन्ममिति ३१ जेठ २००३ र मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ उल्लेख भएको भन्दै उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी परेको हो । बिपी कांग्रेसबाट देउवाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरक रहेकोले उम्मेदवारी खारेजीको माग गरेका छन् । डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरेका छन् । उनले आयोगमा परेको उजुरीको सत्यतथ्य छानविन गरेर आवश्यक कारबाही गरिने बताएका छन् । उक्त उजुरी भोलिसम्म निर्णय हुने पनि मुख्य निर्वाचन अधिकृत वाग्लेले बताएका छन् । उनका अनुसार उजुरीमाथि छानबिन गर्ने समय भोलिसम्म छ र भोलिसम्म सत्य तत्थ छानविन हुन्छ ।

गठबन्धनको सहयोगमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा, "स्वतन्त्र" नामको धज्जी, तपाइको प्रतिक्रिया के छ?

Image
 काठमाण्डाै - नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले आफूले नेपालको बाम आन्दोलनलाई नयाँ उचाईमा उठाउनको लागि पनि उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफूलाई सत्ता गठबन्धनका दलको समर्थन रहने पनि बताउनुभएको छ ।   उहाँले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकाले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गर्नुभयो । सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको छ । माओवादीले घनश्याम भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने बताइसकेको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म टुङ्गो लगाएका उम्मेदवार :के देउवा ढकाल सँग प्रतिस्पर्धा गर्न तयार देखिछन्।

Image
२०७९ असोज २३, आइतबार (October 09, 2022)  ०८:१८:००   रेडियो टिभी मोबाइल काठमाण्डाै - प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको तयारी भइरहँदा दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छन् । सबै दलले केहीबाहेक धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेपाली कांग्रेसले अहिलेसम्म टुङ्गो लगाएका उम्मेदवार: प्रदेश १ तेह्रथुम – सीता गुरुङ पाँचथर – भीष्मराज आङदेम्बे धनकुटा – सुनिल थापा सङ्खुवासभा – दीपक खड्का ओखलढुङ्गा – रामहरि खतिवडा झापा १ – विश्वप्रकाश शर्मा झापा ३ – कृष्णप्रसाद सिटौला झापा ४ – देउकुमार थेबे मोरङ १ – डिगबहादुर लिम्बु मोरङ ६ – डा शेखर कोइराला सुनसरी ३ – विजयकुमार गच्छदार सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की उदयपुर–१ डा नारायण खड्का मधेस प्रदेश सप्तरी ३ – दिनेशकुमार यादव सप्तरी ४ – तेजुलाल चौधरी सिरहा १ – चित्रलेखा यादव धनुषा ४ – महेन्द्र यादव बारा १ – उमाकान्त चौधरी पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी पर्सा ४ – रमेश रिजाल वाग्मती प्रदेश काभ्रे १ – तीर्थबहादुर लामा ललितपुर १ – उदयशमशेर राणा भक्तपुर २ – दुर्लभ थापा काठमाण्डौ १ – प्रकाशमान सिंह काठमाण्डौ ४ – गगन थापा काठमाण्डौ १