Posts

नेम्वाङको अकस्मात निधनले राजनीतिक वृत्त मर्माहत

Image
Hamro Media Online संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।  प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।  अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगिसकेका छन्। इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए। २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए। २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो। २०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए।उनकै कार्यकालबाट स

काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

Image
Hamro Media Online काठमाण्डौ - काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडा सचिव प्रकाश खड्काले जानकारी दिनुभयो । डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतका साथ विजयी हुनुभएको थियो ।

विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘बलमा’ (भिडीओ)

Image
Hamro Media Online काठमाडौं । नेपाली लोकदोहोरी गीतमा चर्चित र लोकप्रिय  गायीका विष्णु माझीको तीज गीत सिग्नेचर ब्रान्डसमेत हो। विष्णु माझीले हरेक साल तीजमा गीत ल्याउने गर्छिन्। उनको गीत नभए धेरैलाई तीज ‘खल्लो’ लाग्न सक्छ। लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, चरी जेलैमा जस्ता उनका गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ।  उनले ‘पुतलीको भट्टी’को भाग १९ सम्म ल्याएकी छन्। २०७९ भदौमा आएको ‘चरी जेलैमा भाग २’ उनको पछिल्लो गीत हो। यस वर्ष २०८०को तीज  संघारमा  रहेका बेला उनको स्वर समावेश तीज गीत ‘बल मा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ । अरू बेलामा गीत नआए पनि तीजमा गीत ल्याइरहने भएकाले विष्णु माझीको गीतको अधैर्य पर्खाइमा रहेका फ्यानहरुलाई उनले यसपाली पनि निराश हुन दिइनन् । सपना म्युजिक इण्डष्ट्रीबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् । ‘पुतलीको भट्टी-१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ । सुन्दरमणिकै निर्देशन रहेको भि

रोपाइँ जात्रा को रोचक उत्ताउलो भिडियो।

Image
 देशभर रोपाइँ करिब करीब सक्कियो तर रमाइलो भने अझै बाँकी छ। भिडियो....👇

Sad news 😪🥲

Image
 Sad News😞       झापाको दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ३ का २६ वर्षीय सागर घिमिरे र हल्दिबारी गाउँपालिका १ घर भएकी युवती जोसिका सिग्देल को मृत्यु भएको छ !!

गगन थापाले सरकारलाई काठमाडौंका मेयर सँग बार्ता गर्न निर्देशन दिएका छन्। Audio काण्ड कहाँ पुग्यो?

 गगन थापाले सरकारलाई काठमाडौंका मेयर सँग बार्ता गर्न निर्देशन दिएका छन्। Video link.

प्रचण्ड जि प्रधानमन्त्री बन्दिनुस् भनेर केपी जी ले नै बालकोट बोलाउनु भयो -प्रचंड

Image
 प्रचण्ड जि प्रधानमन्त्री बन्दिनुस् भनेर केपी जी ले नै बालकोट बोलाउनु भयो -प्रचंड।(पुरा भिडियो)