Posts

Showing posts from January, 2021

माघीमा राष्ट्रपतिको शुभकामनामा सदभाव र बृहत राष्ट्रिय एकतामा जोड

Image
 काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् । यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् । उनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्णपालन

पराराष्ट्र मन्त्री प्रदिप ज्ञवाली भोलि भारत जादै, समस्या समाधान होला?

Image
Facebook    Twitter   Gmail काठमाडौँ- नागरिक समाजका केही अगुवाहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणलाई लिएर गम्भीर दायित्व सिर्जना हुने गरी सहमति जनाउने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्न नहुने बताएका छन्। बुधबार वक्तव्य जारी गर्दै इन्दिरा दली, डा. ऋषि अधिकारी, कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाई, दिपेन्द्रबहादुर क्षत्री, निनु चापागाईँ, मानवी पौडेल, युवराज पाण्डे, लीलामणि पौड्याल, सूर्यनाथ उपाध्याय, डा. सूर्यराज आचार्य, डा. सोमलाल सुवेदी, शारदाप्रसाद त्रिताल, डा. शूरवीर पौड्याल र हिरण्यलाल श्रेष्ठले काम चलाउ सरकारको मन्त्रीको हैसियतमा ज्ञवाली भारत जान लागेकाले दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने बताएका हुन्। प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम संविधानको प्रावधान र भावना विपरीत छ भनी चारैतिर विरोध भइराखेको परिप्रेक्ष्यमा यससम्बन्धी परेका रिट निवेदन उपर सर्वोच्च अदालतले फैसला सुनाउन भने बाँकी नै रहेको उनीहरुको तर्क छ। यस्तै कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषदको विस्तार र सरकारले गरेका विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिसम्बन्धी

नेपालका महत्वपूर्ण चाड

Image