Posts

Showing posts from September, 2020

कोपिला!

Image
  कोपिला भनेको के हो ? सजिलाेसँग काेपिला कसरी लेख्ने ? कोपिला २०७७ साल बैशाख १ गतेबाट नेपालकै माटोमा जन्माएर शुरूवात गरिएको छोटो कविता बिधा हो। काेपिलामा दुईवटा पातहरुकाे बिचमा मुना रहेकाे हुन्छ। पहिलाे हरफ माथिल्लाे पात हाे र तेश्राे हरफ तल्लाे पात हाे । बिचकाे हरफ मुना हाे । मुनामा काेपिलाकाे मूल भाव रहेकाेहुन्छ र पातहरुले त्याे मूलभावलाई स्पष्ट पार्ने, समर्थन वा विराेध गर्ने, उपमा दिने, व्यङ्ग्य गर्ने, रस भर्ने अादि कार्य गर्दछन् । मुना स्वतन्त्र हरफ हाे र पातहरु अनुप्रास र स्थायीयुक्त सरस हरफहरु हुन् । मुना र पातकाे बिचमा भावगत घनिष्टता हुन्छ । सजिलाेसँग काेपिला लेख्ने हाे भने सबैभन्दा पहिले मुना लेख्नुपर्छ । शुरुमा अाफूलाई घत परेकाे कुनै पनि विषयलाई १०/१२ अक्षरमा कवितात्मक रुपमा मुना बनाउनुपर्छ । त्यसपछि त्याे विषयलाई समर्थन वा विराेध वा व्यङ्ग्य वा उदाहरण वा रस के दिने हाे साेही अनुसार २ वटा ८/१० अक्षरका अनुप्रास र स्थायीयुक्त पातहरु लेख्नुपर्छ । ती पातहरुमध्ये एउटालाई मुनाभन्दाअगाडि र अर्काेलाई पछाडि राखेपछि काेपिला तयार हुन्छ । जस्तै विहान उठ्नासाथ झ्यालबाट बाहिर हेर्दा पर डाँड