Posts

Showing posts from 2020

गुगलको प्रोडक्ट जिमेल, युट्‍युबलगायतमा समस्या, प्रयोगकर्ताहरुले पोखे आक्रोश

Image
  गुगलको प्रोडक्ट जिमेल, युट्‍युबलगायतमा समस्या, प्रयोगकर्ताहरुले पोखे आक्रोश काठमाडौँ- सर्वाधिक सर्च इन्जिन गुगलको उत्पादक जिमेल, युट्युब, ड्राइभ र क्लासरुमा समस्या देखिएको छ। गगलको सर्भरमा समस्या देखिएपछि गुगलको प्रडक्डमै समस्या देखिएको  डाउनडिरेक्टर ले जनाएको छ। डाउन डिरेक्टरका अनुसार  जिमेल मा लग इनमा ७८ प्रतिशत, वेब साइटमा १५ प्रतिशत र म्यासेजमा ५ प्रतिशत सम्या रहेको छ। यसका साथै  युट्युब मा पनि भिडियो नचल्‍ने समस्या देखिएको छ। युट्युबको बेबसाइटमा ४८ प्रतिशत, भिडियोमा ४४ प्रतिशत र लग इनमा ६ प्रतिशत समस्या रहेको डाउन डिरेक्टरले उल्लेख गरेको छ। युट्युबको भिडियो नचलेपछि प्रयोगकर्ताहरुले आक्रोश पोखिरहेका छन्। उनीहरुले आफूहरुले तत्काल भिडियो हाल्‍न नपाएको गुनासो पोखेका छन्। यस्तै  गुगल ड्राइभ मा पनि समस्या आएको छ। ड्राइभको एप लोडिङमा ८१ प्रशतित समस्या आएको छ भने लग इनमा १५ प्रतिशत फाइल सिङकिङमा २ प्रतिशत समस्या देखाएको छ भने  गुगल क्लासरुम मा पनि समस्या देखिएको छ।

कोपिला!

Image
  कोपिला भनेको के हो ? सजिलाेसँग काेपिला कसरी लेख्ने ? कोपिला २०७७ साल बैशाख १ गतेबाट नेपालकै माटोमा जन्माएर शुरूवात गरिएको छोटो कविता बिधा हो। काेपिलामा दुईवटा पातहरुकाे बिचमा मुना रहेकाे हुन्छ। पहिलाे हरफ माथिल्लाे पात हाे र तेश्राे हरफ तल्लाे पात हाे । बिचकाे हरफ मुना हाे । मुनामा काेपिलाकाे मूल भाव रहेकाेहुन्छ र पातहरुले त्याे मूलभावलाई स्पष्ट पार्ने, समर्थन वा विराेध गर्ने, उपमा दिने, व्यङ्ग्य गर्ने, रस भर्ने अादि कार्य गर्दछन् । मुना स्वतन्त्र हरफ हाे र पातहरु अनुप्रास र स्थायीयुक्त सरस हरफहरु हुन् । मुना र पातकाे बिचमा भावगत घनिष्टता हुन्छ । सजिलाेसँग काेपिला लेख्ने हाे भने सबैभन्दा पहिले मुना लेख्नुपर्छ । शुरुमा अाफूलाई घत परेकाे कुनै पनि विषयलाई १०/१२ अक्षरमा कवितात्मक रुपमा मुना बनाउनुपर्छ । त्यसपछि त्याे विषयलाई समर्थन वा विराेध वा व्यङ्ग्य वा उदाहरण वा रस के दिने हाे साेही अनुसार २ वटा ८/१० अक्षरका अनुप्रास र स्थायीयुक्त पातहरु लेख्नुपर्छ । ती पातहरुमध्ये एउटालाई मुनाभन्दाअगाडि र अर्काेलाई पछाडि राखेपछि काेपिला तयार हुन्छ । जस्तै विहान उठ्नासाथ झ्यालबाट बाहिर हेर्दा पर डाँड