बाढीले बगाएको ३ गैंडा भारतले नेपाल ल्याउन दिएन
- Get link
- X
- Other Apps
नवलपरासी । नारायणीमा आएको बाढीले बगाएर भारत पुर्याएका ३ गैंडा नेपाल फिर्ता गर्न भारतले आनाकानी गरेको छ ।नेपाली सीमा आसपास भारतीय जंगलनजिकै रहेका तीन गैंडा फिर्ता गर्न नेपाली प्राविधिक टोलीले गरेको आग्रह भारतीय सुरक्षाकर्मीले इन्कार गरेका हुन् ।भारतको केन्द्र सरकारबाट अनुमति नआएकाले गैंडा लैजान नमिल्ने तर्क भारतीय सुरक्षाकर्मीको छ ।निकुञ्जबाट विभाग हुँदै वनमन्त्रालय, वन मन्त्रालयबाट परराष्ट्र मन्त्रालय र परराष्ट्रबाट भारतलाई गैंडा फिर्ता गर्न पत्राचार गरेको ३ महिना बढी भए पनि पत्रको जवाफ नआएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।
अघिल्लो वर्षको बाढी निकुञ्जमा पस्दा ११ गैंडा बगेर भारत पुगेको थियो भने यस वर्ष पनि १ गैंडा बगाएको थियो । तीमध्ये ९गैंडा बाढी रोकिनेबित्तिकै नेपाल ल्याइए पनि ३ वटा गैंडा उसकै नियन्त्रणमा छ ।ती गैंडाहरुका लागि अहिले रोकिएको स्थान उपयुक्त वासस्थान नभएकोले ल्याउन थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए । ‘जंगली जनवारहरु जुन देशमा गए पनि त्यहाँ उपयुक्त वासस्थान छ भने संरक्षण गर्नु त्यो देशको जिम्मा हुन्छ । तर अहिले रोकिएको ३ वटा गैडा भएको क्षेत्र घाँसे मैदान, तालतलैया, जंगल नभएको चुरेको डाँडो भएकोले उक्त क्षेत्र गैडाका लागि उपयुक्त वासस्थान होइन ।
त्यसैले फर्काउन थालेका हौं’, ढकालले भने ।ती गैंडाहरु नेपाल भारतको सीमा नजिकको जंगलमा रहेकोले नेपाल छिर्ना साथ निकुञ्ज ल्याउने गरी टोली परिचालन गरिएको उनले बताए ।गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्ज त्रिवेणी रेञ्ज पोष्टका रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ती सहितको टोली उक्त क्षेत्रमा रहेको छ । तर भारतले आफ्नो वन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि कर्मचारी नै खटाएर नेपाल आउनतर्फ रोक्ने गरेको सुस्ताबासीले बताएका छन् । ती गैंडाहरु सुस्ता आसपासका क्षेत्रमा रहेका छन् ।ती गैंडाहरु सुस्ता पारी र बाल्मिकि आश्रमको आसपासको क्षेत्रमा छन् । जुन भारतले अतिक्रमण गरेर विवादित बनाएको भूमि हो ।हात्तीसहितको टोली सुस्तामै रहेको छ ।
यो पनि हेर्नुहोस् एकपटक
Comments