कीर्तिपुरको टियु मैदानमा हल्का हल्का पानीको छिटा पर्दै थियो, खेल चलिरहेको थियो। ४४ औं ओभरको खेल सकिएको थियो। ४५ औं ओभर कस्ले गर्ने भनेर युएईका खेलाडीहरू सल्लाह गर्दै थिए,त्यही बीचमा दुई एम्पाएर केही सल्लाह गरे अनि फर्किएर दुबैतिरका स्टम्प माथिको बेल झारिदिए। बाहिर रहेका खेलाडीहरू दौडिँदै मैदानभित्र प्रवेश गरे। टियु मैदान जुरूक्कै उठ्यो,पन्चेबाजा घन्कियो र नेपालले ऐतिहासिक जित हासिल गर्यो। We are on YouTube चैत २ गते नेपाली क्रिकेट इतिहासको एक महत्वपूर्ण दिन थियो। बिहान ७ नबज्दै टियु मैदान वरिपरि चहलपहल सुरू भएको थियो। चहलपहल यस्तो थियो कि लाग्दै थियो हामी विश्वकप खेल्दै थियौं। वर्ल्ड क्रिकेट लिग दुईको अन्तिम खेल थियो। अन्तिम खेल नेपालको लागि फाइनल जस्तै थियो। युएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलको लागि जिम्बावेको टिकट काट्ने लक्ष्यमा थियो। त्यसैले पनि उत्साह धेरै थियो। दर्शकहरूले टियु मैदान खचाखच भरिएको थियो,त्यति मात्र नभएर मैदान बाहिरबाट पनि हजारौं समर्थकहरूले खेल हेरिरहेका थिए। मैदान बाहिरका रूखहरू पनि दर्शकले नै भरिएका थिए। युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिए