Posts

Showing posts from March, 2022

हिरासतमा रहेका पललाइ रुपनीको भावुक चिठी

Image
हिरासतमा रहेका पललाइ रुपनीको भावुक चिठी मेरो प्यारो कलाकार पल, तिमी मलाई मन पर्ने एउटा कलाकार हौ । तिम्रो आनीबानी, मेहेनत, अरुलाई सम्मान गर्ने स्वभाव, धरातलाई बिर्सन नसक्ने तिम्रो मन आदि ईत्यादि सबै कुराले तिमी मेरो प्यारो मान्छे बन्न पुग्यौ । हुन त मेरो पहाड घर पनि तिम्रै गृह जिल्ला दाङमा पर्छ । तर तिमीसंग कहिल्यै भेट भएको छैन । भेट नभएपनि तिम्रो बारेमा लेखिएका धेरै समाचार पढेकी छु र पलेखेकी छु मैले । कुनैदिन तिमीसंग भेटेर कफीको चुस्कि लिंदै तिम्रा संघर्षका कुराहरु सुन्ने इच्छा थियो । तर मेरो इच्छा र सोंचाईभन्दा फरक भैदियो । जे नहुनु थियो त्यो त भई सकेको छ नै । तिमीसंग बसेर तिम्रा कुरा सुन्ने मौका यदि कुनैदिन मिल्यो भने त्यो दिन मेरा प्रश्नहरुले निकै नै भावनात्मक जवाफको अपेक्षा गर्नेछन् । तर आज समय र परिस्थितिले गर्दा तिमीलाई केही प्रश्न सोध्न मन लागेको छ । अहिले त तिमी तनहुँ प्रहरीको हिरासतमा छौ । प्यारो पल न म तिमीलाई सिधै प्रश्न सोध्न सक्छु न त तिमीले नै मलाई त्यसको जवाफ दिन सक्ने अवस्थामा छौ । तर एक दिन त तिमीले यो मेरो पत्रमा समेटिएको प्रश्नहरु पक्कै पढ्ने छौ भन्ने आशा लिएको छु ।